संगीत र साहित्यप्रति विशेष झुकाव राख्ने केशरले आफ्नो यात्रा गाउँले परिवेशबाट सुरु गरेका थिए। २०५६ सालमा तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठनमा आवद्ध भएपछि उनको जीवनमा ठूलो मोड आयो। २०५७ सालमा पार्टी सदस्यता लिँदै पूर्णकालीन सदस्यको रूपमा काम गर्न थालेपछि उनले जनवादी तथा प्रगतिशील कलाकारहरुको निर्माण र विकासमा महत्वपूर्ण भूमिका खेले।
केशरको संगीतिक यात्रा उनको जीवनको महत्वपूर्ण अंश बनेको छ। उनले विभिन्न समय र परि...