संगीत र साहित्यप्रति विशेष झुकाव राख्ने केशरले आफ्नो यात्रा गाउँले परिवेशबाट सुरु गरेका थिए। २०५६ सालमा तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठनमा आवद्ध भएपछि उनको जीवनमा ठूलो मोड आयो। २०५७ सालमा पार्टी सदस्यता लिँदै पूर्णकालीन सदस्यको रूपमा काम गर्न थालेपछि उनले जनवादी तथा प्रगतिशील कलाकारहरुको निर्माण र विकासमा महत्वपूर्ण भूमिका खेले।
केशरको संगीतिक यात्रा उनको जीवनको महत्वपूर्ण अंश बनेको छ। उनले विभिन्न समय र परिस्थिति अनुसार गीत रचना, संगीत, र गायन गर्दै आएका छन्। उनका विभिन्न एल्बम र गीतहरुले नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाएका छन्।
उनको पहिलो एकल एल्बम "स्वाभिमानको गाथा" (२०६२) मा ८ वटा गीत समावेश थिए, जुन अत्यन्त लोकप्रिय भए। उनले "नयाँ नेपालका आवाजहरु" (२०६१), "जनसंगितका भाकाहरु" (२०६४), र "विजय अभियानका गितहरु" (२०७०) जस्ता सामूहिक एल्बमहरु पनि सार्वजनिक गरेका छन्। यी एल्बमहरुले जनवादी र प्रगतिशील गीतहरुको माध्यमबाट नेपाली समाजमा विशेष प्रभाव पारेका छन्।
टिप्पणीहरू